एमालेले टुंगो लगायो जिल्ला समन्वय परिषद्को नेतृत्व

एमालेले टुंगो लगायो जिल्ला समन्वय परिषद्को नेतृत्व

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १५ साउन ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको नेकपा एमाले स्थायी समिति बैठकले स्थानीय तहको निर्वाचनअन्तर्गत विभिन्न जिल्लामा जिल्ला समन्वय परिषद्का लागि प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ । बैठकले पार्टी जिल्ला कमिटीको सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिस र रायसुझावको आधारमा निम्न जिल्लाहरूमा निम्नअनुसार जिल्ला समन्वय परिषद्का प्रमुख तथा उपप्रमुखको उम्मेदवारी निर्णय गरेको हो ।

एमालेले टुंगो लगाएका जिल्ला र नेतृत्व यस्ता छन् –

रामेछापः प्रमुख पे्रमबहादुर खड्का, उपप्रमुख दीपा पाख्रिन, रसुवा : प्रमुख कुलप्रसाद भट्ट, उपप्रमुख छोपेमा तामाङ्नी, मकवानपुर : प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, भक्तपुर : प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुवर, डोल्पा : प्रमुख शेरबहादुर बुढा, सल्यान : उपप्रमुख कुलबहादुर गिरी, कालिकोट : प्रमुख पे्रमबहादुर शाही, उपप्रमुख सरिता आचार्य, जाजरकोट : प्रमुख गोरे कार्की, उपप्रमुख कमलादेवी शाही, हुम्ला : उपप्रमुख खगेन्द्र कार्की, सुर्खेत : प्रमुख टोपबहादुर राजकोटी, उपप्रमुख दीपा मल्ल, मुगु : प्रमुख पुर्णबहादुर रोकाय, उपप्रमुख कर्ण्शिला मल्ल, खोटाङ : प्रमुख बबी चाम्लिङ, उपप्रमुख गोमा खत्री, इलाम : प्रमुख गणेश बराल, उपप्रमुख चित्रकला बराइली, बझाङ : प्रमुख खड्गबहादुर खड्का, उपप्रमुख भागिरथी अवस्थी जोशी रहेका छन् ।

त्यसैगरी काभ्रे जिल्लाको निम्ति सिफारिस भएका नामहरूमध्ये जिल्ला नेतृत्वसँग आवश्यक छलफल गरी पार्टी केन्द्रीय अध्यक्षसँग राय परामर्श गरी उम्मेदवारको टुंगो लगाउने जिम्मा प्रदेश नं. ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको छ ।

कतिपय जिल्लाहरूमा विभिन्न पार्टीसँग तालमेल गर्नुपर्ने अवस्थामा उम्मेदवार हेरफेर गर्नुपरेमा प्रदेश संगठन कमिटीको नेतृत्वसँग राय परामर्श गरी पार्टी केन्द्रसँग पूर्व स्वीकृति लिई सम्बन्धित जिल्ला कमिटीले गर्न सक्नेछन् । थप जिल्लाको उम्मेदवारी टुंगो लगाउन तथा राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल गर्न पार्टी स्थायी कमिटीको बैठक भोलि साउन १६ गते ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

Logo