ट्राफिकका एसपी र डिएसपी नै फिल्डमा

ट्राफिकका एसपी र डिएसपी नै फिल्डमा

केन्द्रबिन्दु
0
Shares

नवराज मैनाली

उपत्यकाको ट्राफिकलाई सहज बनाउन वरिष्ठ प्रहरी अधिकृतहरु आफैं सडक डिउटीमा खटिन थालेका छन् । महानगरिय ट्राफिक प्रहरी महाशाखामा एसपी, डिएसी र इन्सपेक्टरहरु आफैं सडकको ट्राफिक व्यवस्थापनमा खटिन थालेका हुन् । महाशाखाको जिम्मेवारी एसएसपी सर्वेन्द्र खनालले सम्हालेपछि जाम घटाउन सक्रियताका साथ काम सुरु गरेका छन् । सोहीक्रममा सिनियर अफिसरलाई नै उनले फिल्डमा खटाउन थालेका हुन् । जसको प्रभाव सडकमा देखिएको छ । पछिल्ला दुई दिन उपत्यकाको सडकमा जामको समस्या केही कम भएको छ ।

बिहान र साँझको सडकमा धेरै सवारीको चाप हुने बेला मुख्य सडकखण्डमा सिनियर अफिसर खटिन थालेका हुन् । महाशाखामा नेतृत्व फेरिएसँगै उपत्यकामा ट्राफिक प्रहरीको सक्रियता पनि बढेको छ ।

मुख्य चोकहरुमा ट्राफिक लाइट बिग्रिएकाले ‘स्टप’ तथा ‘गो’ लेखिएका प्लेकार्डको सहायताले ट्राफिक पुलिसिङ सुरु गरिएको छ । हातले रोक्दा तथा जाउ भन्दा अस्पष्ट हुने भएकाले प्लेकार्डको सहायता लिइएको महाशाखाले जनाएको छ ।
नयाँ पत्रिकावाट

Logo