नुवाकोटमा ३ हजार ५०० मतदाता थप

नुवाकोटमा ३ हजार ५०० मतदाता थप

केन्द्रबिन्दु
0
Shares

त्रिशूली(नुवाकोट), १३ साउन । निर्वाचन आयोगले तस्बिरसहितको मतदाता नामावलीका लागि पुनः आह्वान गरेपछि यहाँ तीन हजार ५०० भन्दा बढी मतदाता थपिएका छन् । 

यही साउन १ गतेदेखि बिहीबारसम्म तीन हजार ५७७ जनाले तस्बिर खिँचाएका छन्, जसमा एक हजार ६०१ महिला र एक हजार ९७६ पुरुष रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

सदरमुकाम विदुरस्थित जिल्ला निर्वाचन कार्यालयमा मात्र तस्बिर खिँचाउन पाइने व्यवस्था गरिएको छ । जिल्लामा मतदाता नामावलीमा नाम समावेश गराउन योग्य भएका, छुटेका र सच्याउन पर्नेको घुइँचो लागेको छ । 

जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीका अनुसार जिल्लामा १० हजार मतदाता थपिने अपेक्षा गरिएको छ । गत स्थानीय तहको निर्वाचनमा यहाँ एक लाख ८५ हजार ७८२ मतदाता थिए । रासस 

Logo