किन यहाँ वयस्कलाई मात्र प्रवेश गर्न दिइन्छ यस्तो छ रहस्य

किन यहाँ वयस्कलाई मात्र प्रवेश गर्न दिइन्छ यस्तो छ रहस्य

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १३ साउन ।

संसारमा यस्ता स्थान र मानिसहरू पनि छन्, जसका सम्बन्धमा चर्चा गर्दा आश्चर्यले जिब्रो टोकिन्छ । यसैमध्येको एक यस्तो स्थान छ, जहाँ वयस्कले मात्र प्रवेश पाउँछन् । त्यहाँ वयस्कका लागि थीम पार्क छ, वाटर पार्क छ । सबैभन्दा गजब चाहिँ सेक्स एकेडेमी छ ।

अमोरा सेक्स एन्ड रिलेसनसिप एकेडेमी

बेलायतको राजधानी लन्डनमा अवस्थित अमोरा आम स्कुल वा एकेडेमी जस्तो छैन । यहाँ अनगन्ती मूर्ति राखिएको छ, जसलाई हेरेर वा महसुस गरेर ज्ञान आर्जन गर्नुपर्ने हुन्छ । यहाँ कामोत्तेजक फुड गेम्स, किसिङ क्षमतालाई कसरी बढाउने जस्ता अनेकन विषयमा मूर्तिकलाबाट बुझाइन्छ । यहाँ अलग अलग विषयका ७ वटा जोन छन् । सेन्ट्रल लन्डनको कभेन्ट्री स्ट्रिटमा सञ्चालित यो एकेडेमी २००७ मा प्रारम्भ भएको हो ।

 

फ्रान्सको वाइन थीम पार्क

सिटी अफ वाइन । यो थीम पार्क फ्रान्सको बोर्डो भन्ने ठाउँमा छ, जहाँ सबैभन्दा बढी वाइन बनाइन्छ । वाइन थीम पार्क जुन २०१६ मा स्थापना भएको हो । पार्कमा २० वटा वाइन विभाग छन् । यहाँ वाइनको इतिहासका साथै वाइन कल्चरको बारेमा पनि बुझाइन्छ । यसभित्र २ सय ५० सिट क्षमताको एक हल पनि छ, जहाँ क्लासेस, स्क्रिनिङ र वाइन टेस्टिङ सेक्सन छ ।

सामन्यतः मौलिक अम्युजमेन्ट पार्क जस्तो देखिने यस वाइन पार्कको आवरण नै वाइन बोटल जस्तै छ । यहाँ एक वोट राइड सिम्युलेटर पनि छ, यसबाट विगतमा समुन्द्री व्यापार कसरी गर्थे भन्ने अनुमान लगाउन सकिन्छ ।

 

च्याम्बर अफ हरर

‘वयस्क मात्र’ ट्यागका साथ बनेको यस हन्टेड हाउसमा केही यस्ता कुना छन् जहाँ तपार्इंलाई डराउन बाध्य तुल्याउँछ । यहाँ टुर अफ टर्चर पनि छ । यसमा मानिसलाई कुन हदसम्म यातना दिइन्छ भन्ने कुरा देख्न सकिन्छ । यहाँ को साउन्ड इफेक्टले पनि निकै डर पैदा गर्छ । भूत र त्यसको हर्कतको यहाँ सदृश्य बयान गरिएको छ । यसलाई २०१३ मा प्रारम्भ गरिएको थियो ।

 

नेकेड रोलर कोस्टर

साउथल्यान्डमा साहसिक आइसल्यान्डको नेकेड रोलर कोस्टरले ख्याति कमाएको छ । अक्टोबर २०१५ मा सयौं मानसले यहाँ हिउँ जम्ने चिसोमा कपडा खोलेर रोलर कोस्टरमा यात्रा गरेका थिए । यो उनीहरू रमाइलोका लागि गरिरहेका थिएनन्, त्यो त क्यान्सर अस्पताल निर्माणका लागि पैसा जुटाउन गरिएको थियो ।

यो नेकेड राइडलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डसले पनि स्थान दियो । २०१० मा यहाँ विनाकपडा रोलर कोस्टर यात्रा गरिएको थियो, त्यसलाई गिनिज बुकले एक अनौठो रेकर्ड मानेको थियो । पछि, २०१५ मा उक्त रेकर्डलाई तोड्ने गरी सयौं मानिसले रोलर कोस्टरको यात्रा गरेका थिए । यसबाट क्यान्सर पीडितका लागि १० हजार पाउन्ड जुटाइएको थियो । (एजेन्सी)

 

Logo