चरिकोट, १२ साउन । खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा रामेछापको लिखु गाउँपालिका–७ का ३३ वर्षीय प्रमेश बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । "/>

हत्या अभियोगमा १० वर्षपछि पक्राउ

हत्या अभियोगमा १० वर्षपछि पक्राउ

केन्द्रबिन्दु
0
Shares

चरिकोट, १२ साउन । खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा रामेछापको लिखु गाउँपालिका–७ का ३३ वर्षीय प्रमेश बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेलकाअनुसार २०६४ साउन ६ गते सोही स्थानका ३१ वर्षीय नरबहादुर बुढाथोकीको विभत्स हत्या गरेको आरोपमा उनलाई काठमाडौँबाट प्रहरीले प्रक्राउ गरेको हो । 

तत्कालिन नेकपा (माओवादी)मा लागेर द्वन्द्वका समयमा आफ्ना बाबुको हत्या गरेको भन्दै प्रमेशले नरबहादुरको हत्या गरेको प्रहरीको भनाइ छ । नरबहादुरको हत्यापछि प्रमेश १० वर्षसम्म फरार रहेका थिए । उनलाई काठमाडौँ महानगरपालिका–२७ बाट मङ्गलबार पक्राउ गरी रामेछाप ल्याइएको हो । 

उनलाई हत्या अभियोगमा कारबाहीका लागि आवश्यक अनुसन्धान भइरहेको प्रनाउ ढुङ्गेलले बताउनुभयो । 

Logo