इतिहासविद् डिना वाङदेलको ५४ वर्षको उमेरमा निधन

इतिहासविद् डिना वाङदेलको ५४ वर्षको उमेरमा निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : पूर्वीय कला तथा बौद्ध दर्शनको अध्ययन-अनुसन्धानमा सक्रिय डिना वाङदेलको मंगलबार निधन भएको छ। ५४ वर्षीया वाङदेलको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

विगत ५ वर्षदेखि  कतारस्थित भर्जिनिया कमनवेल्थ विश्वविद्यालयको कला विभागकी प्रमुख रहेकी वाङदेलको निधन अमेरिकामा भएको हो।  रुघाखोकी बिग्रिएपछि उनको शल्यक्रिया गरिएको थियो।

मेनेन्जाइटिसबाट ग्रसित भएपछि उनको नेपाली समयअनुसार बिहान ११ बजेर ३० मिनेट जाँदा अमेरिकामा निधन भएको हो। उनको परिवारमा आमा, श्रीमान् दिवाकर र २ छोरा छन्।

जापानको ओडियो स्टेट विश्वविद्यालयबाट पिएचडी गरेकी वाङदेलले बुद्ध धर्म सम्बन्धी थुप्रै खोजमुलक ऐतिहासिक पुस्तकहरु लेखेकी छिन्। उनको अनुसन्धान विशेषगरी बुद्ध धर्मको नेवारी सभ्यतासँग सम्बन्धित थियो। वाङदेलका आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्।

उनी साहित्यकार लैनसिंह वाङदेलकी एक्ली छोरी हुन्। उनी २०७२ सालमा महाभूकम्प गएपछि पीडितहरुलाई राहत वितरण गर्ने कार्यमा सक्रियतापूर्वक लागेकी थिइन्।

Logo