प्रधानमन्त्रीसहित शुभचिन्तकहरुले दिए आरोही सञ्जय पण्डितप्रति श्रद्धान्जली

प्रधानमन्त्रीसहित शुभचिन्तकहरुले दिए आरोही सञ्जय पण्डितप्रति श्रद्धान्जली

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । १० साउन । काठमाडौं ।

अल्ट्रा धावक तथा आरोही स्वर्गिय सञ्जय पण्डितप्रति प्रधानमन्त्री, उपप्रधानमन्त्री, देशका विशिष्ट, पवर्तारोहण तथा खेलकुद क्षेत्रका व्यक्तिहरुले श्रद्धान्जली अर्पण गरेका छन् । १ महिनअघि अमेरिकाको डेनाली हिमाल आरोहण गर्ने क्रममा निधन भएका पण्डितको शव नेपाल ल्याएपछि आजैमात्र श्रद्धान्जलीका लागि दशरथ रंगशालामा राखिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पण्डितको शव बाकस तथा उनको फोटोमा माल्यार्पण गर्नुभयो। प्रधानमन्त्रीले सञ्जय पण्डित नेपालका थोरैमात्र सहासिक युवामध्ये एक रहेको स्मरण गर्नुभयो । स्वर्गिय पण्डित यसअघि युवा प्रतिभा पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।

उनले विश्वकै सर्वोच्च शिखर सगरमाथासहित विश्वका ७ महादेशका अग्ला हिमाल आरोहण गरेका छन् । रसियाको माउन्ट एल्ब्रुसको चुचुरोमा अर्धनग्न भएर विश्व किर्तिमान राखेका पण्डितले अस्टे«लियाको माउन्ट कोसिउस्कोमा उल्टो हिडेंर आरोहण पूरा गरेर किर्तिमान बनाएका थिए ।

हिमाल आरोहणमा लाग्नुअघि उनी अल्ट्रा धावक थिए । उनले देशका थुप्रै स्थानमा दौड पूरा गरिसकेका छन् ।
स्वर्गिय पण्डितलाई अन्तिम श्रद्धान्जली व्यक्त गर्न प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, कांग्रेस नेता रामशरण महत लगायतका थुप्रै विशिष्ट अतिथीहरु दशरथ रंगशाला आएका थिए ।
पण्डितको शव अन्त्येष्टीका लागि हेलिकप्टरमार्फत प्युठान लगिनेछ । प्युठानमै उनको दाहसंस्कार हुनेछ ।

Logo