अन्नपूर्ण पोस्टमा छ । "/>

मुद्दामा दुःख दिए ‘झगडिया’ बाटै खर्च भराउने

मुद्दामा दुःख दिए ‘झगडिया’ बाटै खर्च भराउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं – अनावश्यक रूपमा मुद्दा हालेर कसैले दुःख/हैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने भएको  खबर आजको अन्नपूर्ण पोस्टमा छ । सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको थप आर्थिक व्ययभार वा मुद्दामा लागेको खर्च भराउन अदालतले आदेश दिन सक्ने व्यवस्था गरिएको छ ।

दुःख दिने प्रवृत्ति
प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको सम्पूर्ण न्यायाधीशको फुलकोर्टले सर्वोच्च अदालत नियमावली २०७४ पारित गर्दै यस्तो व्यवस्था गरेको हो । ‘मुद्दामा कसैले दुःख हैरानी दिए अर्को पक्षबाट मुद्दाको खर्च भराउन सक्ने भनिएको छ’, सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले भने, ‘तर, मुद्दाको रोहमा यस्तो कुरा इजलासलाई लागे मात्र भराउन आदेश दिन सक्छ ।’ मुद्दा हालेर दुःख दिने प्रवृत्ति बढेपछि नियन्त्रण गर्न सर्वोच्चले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

बिदाको दिनमा इजलास खुला
नयाँ नियमावली पारित भएपछि मौजुदा २०४९ सालको नियमावली खारेज भएको छ । बढ्दो मुद्दाको चापलाई ध्यानमा राख्दै फुलकोर्टले बिदाको दिनमा समेत सर्वोच्चमा इजलास खुला गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रधानन्यायाधीशले तोक्नुपर्ने सर्त
र, बिदाको दिनमा अदालत खुला राख्न प्रधानन्यायाधीशले तोक्नुपर्ने सर्त राखिएको छ । ‘सर्वोच्च अदालतको नियमित कार्य समयका अतिरिक्त अन्य समयमा र अदालत बन्द रहने वा सार्वजनिक बिदाका दिनमा समेत अदालत खुला रहने गरी वा इजलास लाग्ने गरी प्रधानन्यायाधीशले तोक्न सक्ने,’ नयाँ नियमावलीमा भनिएको छ ।

Logo