एमाले नेता नेम्वाङ अस्वस्थ

एमाले नेता नेम्वाङ अस्वस्थ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ९ साउन । नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङ अस्वस्थ भई अस्तालमा भर्ना हुनुभएको छ । 

मधुमेहको मात्रा एक्कासि बढेपछि नेम्वाङलाई आज बिहान प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पताल भर्ना गरिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

“उहाँ पहिलेदेखि नै मधुमेहको बिरामी हुनुहुन्थ्यो”, सचिव श्रेष्ठले भन्नुभयो – “आज बिहान ८ः३० बजेतिर एक्कासि बान्ता गरेपछि अस्पताल भर्ना गरिएको हो ।” 

उहाँका अनुसार नेम्वाङको अहिले स्वास्थ्यमा सुधार आएको पनि चिकित्सकको अवलोकनका लागि अस्पतालमा नै राखिएको छ । 

संविधानसभाका पूर्व अध्यक्ष नेम्वाङलाई आइतबारदेखि मधुमेहको मात्राको असन्तुलन भएको थियो । रासस 

Logo