पहिरोले भोटेकोसीको लार्चा पुल बगायो, स्थानीय त्रासमा

पहिरोले भोटेकोसीको लार्चा पुल बगायो, स्थानीय त्रासमा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । ९ साउन २०७४।

सिन्धुपाल्चोकको दुगुनामा पहिरो खस्दा काठमाडौं-तातोपानी जोड्ने लार्चापुल भाँच्चिएको छ। पुल भाँच्चिएपछि यातायत अबरुद्ध बनेको छ।

भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल पूर्ण रुपमा भत्किएपछि स्थानीय त्रसित छन्। पहिरोका कारण दुगुनाको डाँडा भास्सिएको छ र त्यसतलको लार्चाको पुल पनि पूरै भास्सिएको छ ।

चीन सरकारले २०३८ सालमा बनाएको पुल भाँचिएपछि तातोपानी नाका जोड्ने राजमार्ग पूर्ण रूपमा विच्छेद भएको छ। 

तातोपानीका पूर्वअध्यक्ष अमृतकुमार खड्काका अनुसार उक्त पहिरोमा ५४ जनाको मृत्यु भएको थियो। उक्त घटनाको २१ वर्ष पुगेकै दिन अर्को पहिरो गएको हो। पुल भोटेकोसीमा खसेपछि सीमा जोड्ने करिब ५ किमि क्षेत्रमा यातायात पूरै रोकिएको छ। भूकम्पले चर्केपछि चीन सरकारले पुलको तल्लो भागमा फलामको संरचना बनाएर अड्याएको थियो। 

भूकम्प र भोटेकोसी बाढीले दुई वर्षदेखि सुनसान हुँदै गएको तातोपानी नाका पुल भत्किएपछि थप संकटमा परेको छ। सीमा सुरक्षा बल तातोपानीका सशस्त्र प्रहरी नायब उपरीक्षक विमल डाँगीका अनुसार पहिरोका कारण स्थानीय त्रस्त छन्। ‘रातको समय भएकाले स्थानीयलाई सकभर सुरक्षित भएर रहन आग्रह गरेका छौं,’ उनले भने। 

Logo