७४ वर्षीया महिलाले गरिन् बाच्छोसित बिहे

७४ वर्षीया महिलाले गरिन् बाच्छोसित बिहे

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क ।

कम्बोडियामा एकजना ७४ वर्षीया महिलाले एउटा पाँच महिनाको बाच्छोसित बिहे गरेकी छन् । यो समाचार सार्वजनिक हुनासाथ खिम ह्याङ नामकी ती महिला र बाच्छोको तस्बिर इन्टरनेटमा भाइरल भइरहेको छ । अनौठो लाग्नसक्छ, किन ती महिलाले बाच्छोसित बिहे गरिन् ? खासमा ती महिलालाई के विश्वास छ भने उनका पति दिवंगत भइसकेपछि त्यही बाच्छोको रूपमा फर्केर आएका हुन् ।

ती महिलाले बताएअनुसार, गत वर्ष उनका पतिको अचानक मृत्यु भएको थियो र यसै वर्ष मार्चमा उनका श्रीमान त्यही बाच्छोको रूप लिएर फेरि जन्मेका हुन् ।

खिम ह्याङका अनुसार, उनका पतिले जे जे काम गर्थे, ठिक त्यसरी नै त्यो बाच्छोले पनि उनी र उनको परिवारसित व्यवहार गर्ने गर्छ । ती महिलाको घरपरिवारले पनि उनको दावीमाथि विश्वास गरिसकेका छन् र बाच्छोसित परिवारकै सदस्य सरह व्यवहार गर्ने गरेका छन् ।
उनले यस्तो दावी गरेपछि त्यो बाच्छो गाउँमा लोकल सेलेब्रिटी हुन पुगेको छ । कम्बोडियाको कारक्याटी प्रान्तमा रहेको त्यस बाच्छोलाई हेर्न दिनहुँ सयौँ मानिस आउनेजाने गर्छन् ।

कम्बोडियामा धेरैजसो मानिस बौद्ध धर्मावलम्बी छन् । बौद्ध धर्मअनुसार मानिसको मृत्युपछि उसको पुनर्जन्म हुन्छ । त्यो बाच्छो पनि कुनै गोठमा बस्दैन, बरु ती महिलाकै कोठामा परिवारका अन्य सदस्यहरूसँगै बस्ने गर्छ । त्यसलाई त्यहीँ खुवाउने र नुहाइ दिने गरिन्छ । बाच्छो त्यही सिरानीमा सुत्छ जसमा कुनै बेला ती महिलाका पति टोल कुट सुत्ने गर्थे ।

परिवारका बालबालिकाहरूलाई त्यो जनावर नै उनीहरूको पिता हो भन्ने विश्वास छ । उनीहरू भन्छन्, ‘हामीले यसलाई कहिले पनि बेच्ने छैनौँ । बरु सधैँ राम्ररी हेरचाह गरेर राख्ने छौँ ।’ (एजेन्सी)

Logo