९ करोडको एउटै रागो  

९ करोडको एउटै रागो  

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । ८ साउन, काठमाडौं ।

पत्याउन गाह्रो पर्छ, एउटै रागोको मूल्य करोडौं रुपैयाँ ।

तर, भारत मध्यप्रदेशका किसान करमबीर सिंहको रागोको मूल्य भारु ९ करोड हो । एउटा रागो कसरी यति मूल्यावान् हुनसक्छ ? यो रागो हरियाणाको मुर्रा नस्लको हो, जसको बिर्य बिक्रीबाट लाखौं रुपैयाँ कमाइ हुने गरेको छ । यसको माग पञ्जाब, हरियाणा, उत्तर प्रदेश र राजस्थानसमेत केहि राज्यमा छ ।

यसको ब्रीडिंगबाट जुन बच्चा पैदा हुन्छ, त्यसको तौल ४५ देखि ५२ किलोसम्म हुने गरेको छ । यसको बिर्यबाट बच्चा जन्माउने साधारण रागोले समेत कम्तीमा एक पटकमा २० देखि ३० लिटरसम्म दुध दिन्छ । 

– एक पटकमा सामन्य रागोको डोजमा ५ सयदेखि ६ सयसम्म स्पर्म काउन्ट हुन्छ, तर यो रागो जसको नाम हो युवराज त्यसको डोजमा दुई करोडसम्म स्पर्म काउन्ट हुन्छ । 

– यस स्पर्मलाई माइनस १९६ डिग्री सेल्सियसमा ५० लीटर लिक्विड नाइट्रोजनको कन्टेनरमा राखिन्छ । 

– यसै स्पर्मलाई बिक्री गरेर यसका मालिकले हरेक बर्ष करिब ५० लाख रुपैयाँभन्दा बढी कमाउँछन् । 

– यस स्पर्मको एक डोजको मूल्य भारु ३ सय ५० रुपैयाँ हो । यो अन्यको तुलनामा दश गुना महंगो हो । 

– यो रागोको उमेर आठ बर्षको भयो । यसलाई दैनिक पिउनका लागि २० लिटर दुध र करिब १९० किलो खाना दिइन्छ । 

Logo