एकै परिवारका चार जना मृत फेला

एकै परिवारका चार जना मृत फेला

केन्द्रबिन्दु
0
Shares

७ साउन, काठमाडौँ । काभ्रेको बनेपा बसपार्कमा एकै परिवारका ४ जना मृत अबस्थामा भेटिएका छन् । बसपार्कमा गौतम भोजनालय संचालन गर्दै आएका ३२ वर्षिय राजाराम दाहालसहित उनका ६५ वर्षिय बाबू हरिभक्त दाहाल आमा हरिमाया दाहाल र २५ वर्षिय बहिनी रञ्जना दाहाल मृत फेला परेका हुन् ।

 

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार घटनास्थलमा सेलफस विषकाे भाडाे भेट्टिएकाे छ । करिब २ बर्षदेखि होटल संचालन गर्दै दाहाल परिवार बनेपा–२ टुकुचा नाला निवासी हुन् । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Logo