पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालबाट डिस्चार्ज

पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालबाट डिस्चार्ज

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ६ साउन । मुटुको धमनीमा समस्या भएपछि उपचारका लागि बुधबार भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह आज अस्पतालबाट डिस्चार्ज भएर घर फर्केका छन् । शाह आज दिउँसो तीन बजे अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

थापाथलीस्थित नर्भिक अन्तरराष्ट्रिय अस्पतालले उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज गरेको हो । डा. यादवदेव भट्ट लगायतको टिमले बुधवार बिहान पूर्वराजा शाहको कोरोनरी एन्जियोग्राम गर्दा मुटुको एउटा नशा अवरुद्ध देखिएपछि एन्जियोप्लाष्टी गरिएको थियो । 

अस्पतालमा कार्यरत चिकित्सक, नर्सले पुष्पगुच्छा प्रदान गर्दै शाहलाई बिदाइ गरेका थिए । डिस्चार्ज भएका शाह मुस्कराउँदै घरतर्फ लागेका थिए ।

Logo