प्रेमपछि रामधुलाई काण्ड: ५ जनाविरुद्ध ज्यान मार्ने मुद्दा, इन्सपेक्टरलाई पनि कारबाही

प्रेमपछि रामधुलाई काण्ड: ५ जनाविरुद्ध ज्यान मार्ने मुद्दा, इन्सपेक्टरलाई पनि कारबाही

केन्द्रबिन्दु
0
Shares

६ साउन, काठमाडौँ । प्रेम गरेको भन्दै आफ्नै छोरीलाई रामधुलाई गर्ने युवतीका बुबासहित ५ जनाबिरुद्ध ज्यान मार्ने कसुरमा मुद्धा दायर गरिएको छ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा भएको घटनामा संलग्न इन्नर यादवसहित ५ जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएको हो।

तल्लो जातका युवासँग प्रेम गरेको निहुमा युवतीमाथि निर्घात कुटपिट गरिएको भिडीयो सार्वजनिक भएपछि रुपन्देही प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो । मुद्धा दायर गरिएकाहरुमा सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षीय इन्नर यादव, १८ वर्षीय दिनेश यादव, ५५ वर्षीय लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र गाउँले युवक २५ वर्षीय पशुपति कोइरी रहेका छन् । 

स्थानीय जनप्रतिनिधिहरुको छलफलपछि युवतीको परिवारलाई युवकबाट एक लाख रुपैयाँ जरिवाना तिराएका थिए । तर जरिवानाको निर्णय गर्ने जनप्रतिनिधिहरुबिरुद्ध भने कुनै कारबाही प्रक्रिया अघि बढाएको छैन ।

इन्सपेक्टर पनि कारबाहीमा 

यसैबीच मर्चवारका प्रमुख इन्सपेक्टर उदयसिंह सिंजापतिलाई पनि विभागीय कारबाही गरिने भएको छ । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालयमा जानकारी नगराई मनलाग्दो गरेको भन्दै आजै स्पष्टिकरण सोधिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

 

Logo