पूर्व राजा ज्ञानेन्द्र आज डिस्चार्ज हुने 

पूर्व राजा ज्ञानेन्द्र आज डिस्चार्ज हुने 

केन्द्रबिन्दु
0
Shares

६ साउन, काठमाडौँ । मुटु रोगको उपचार गराईरहेका पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार डिस्चार्ज हुने भएको छ । कोरोनरी एन्जियोप्लास्टी गरेका शाहको स्वास्थ्यमा सुधार आएपछि आज घर फर्कन लागेका हुन् ।

मुटुरोग विशेषज्ञ डा भट्ट नेतृत्वमा डा शिवजीविक्रम सिलवाल, डा शेखर राजभण्डारी, डा नग्मा श्रेष्ठ, डा सन्तोषमान श्रेष्ठ तथा डा किशोरजङ राणा लगायतले ज्ञानेन्द्रको उपचार गरेका थिए । एक्कासी बिसन्चो भएपछि पूर्वराजा ज्ञानेन्द्र गत बुधबार राजधानीको नर्भिक अस्पतालामा भर्ना भएका थिए ।

Logo