बढ्यो नाम दर्ता गराउनेको संख्या

बढ्यो नाम दर्ता गराउनेको संख्या

केन्द्रबिन्दु
0
Shares

६ साउन, काठमाडौँ । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या पाल्पामा बढ्दै गएको छ । 

साउन १ गतेबाट सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनमा हालसम्म एक हजार ११५ जनाले दर्ता गराएका छन् । तीमध्ये ६८० पुरुष र ४८५ महिला रहेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका सूचना अधिकारी थमन सारुले जानकारी दिनुभयो । 

साउन १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय पाल्पामा र १६ गतेदेखि २५ गतेसम्म जिल्लाका दशवटै स्थानीय तहबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । रासस

Logo