यी हुन् छोरी कुटेर पैसा असुल्ने बाबु (हेर्नुस् भाइरल भिडियो)

यी हुन् छोरी कुटेर पैसा असुल्ने बाबु (हेर्नुस् भाइरल भिडियो)

केन्द्रबिन्दु
0
Shares

रुपन्देही : दुर्गम क्षेत्र मर्चवारमा एक युवतीमाथि निर्घात कुटपीटको घटना यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। घटना भाइरल बनेसँगै गुपचुप रुपमा घटना मिलाउने स्थानीय प्रहरीको प्रयास असफल भएको छ ।

छोरी पिट्नेलाई पुरस्कार ! 

घटनापछि प्रहरीले युवतीका बुवा इन्नर यादवलाई पक्राउ गरेको थियो । पक्राउपछि प्रहरी र स्थानीयले युवक पक्षका कारण घटना भएको भन्दै जरिवाना तिराउने निर्णय गरे। युवतीको बिहेका लागि लाग्ने खर्च भन्दै दिनेश लोधले इन्नर यादवलाई १ लाख रुपैयाँ दिए ।

जसका लागि समन्वयकारी भूमिका खेले मर्चवारीमाई गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँ, सम्मरीमाई गाउँपालिका ६ का वडाध्यक्ष सत्यनारायण केवट र स्थानीय जनार्दन यादवले ।  यसो भनेर उम्कियो मर्चवार प्रहरी ‘तल्लो जातका केटासँग प्रेम गरेको’ भन्दै छोरीलाई कुटपीट गर्ने बाबुलाई नियन्त्रणमा लिएर प्रहरीले राहतस्वरुप १ लाख दिलाएर छाड्यो ।

इलाका प्रहरी कार्यालय मर्चवारका निमित्त प्रमुख नरिश्वर अर्याल भन्छन्,‘इन्नर यादवलाई नियन्त्रणमा लिएर राखेका हौं, तर उनी बेहोश हुने, बरबराउने गरेपछि स्थानीयको रोहवरमा छाडेका छौं ।’ जिल्लाले भन्यो,’पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाउु घटना सार्वजनिक भएसँगै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कारबाही अघि बढाउन मर्चवार प्रहरीलाई निर्देशन दिएको छ । ‘दोषीलाई कारबाही गर्नु भन्ने आदेश आएको छ,’ इलाका प्रहरी कार्यालय मर्चवारका निमित्त प्रमुख नरिश्वर अर्यालले भने,‘अब हामी सोहीअनुसारले कारबाही अघि बढाउँछौं ।’ 

अन्तरजातीय प्रेम 

‘तल्लो जात’को युवासँग प्रेम गरेको भन्दै सम्मरीमाई गाउँपालिका ६ डिहुलीकी एक यादव थरकी युवतीलाई उनका बाबु र परिवारका अरु सदस्यले निर्घात कुटपिट गरेका हुन् ।

बालविवाहपछि घरमा बस्दै आएकी उनले स्थानीय २० वर्षका दिनेश लोधसँग प्रेम गरेको भन्दै गाउँको चौराहामा निर्घात कुटपिट गरेको भिडियो नै सार्वजनिक भएको छ ।  असार १९ गतेको घटना भएपनि स्थानीयले मोबाइलमा खिचेको भिडियो बिहीबार मात्रै बाहिर ल्याएका हुन् ।

कसरी भयो घटना ?

असार १९ गते सविरा यादव (नाम परिवर्तन) र दिनेश लोधबीचको प्रेमका विषयमा  युवतीका परिवारले चाल पाए। सबिराको सानैमा अर्कै युवकसँग बिहे भइसकेको थियो तर उनी युवकको घर गएकी थिइनन्। परम्पराअनुसार गौना भएको थिएन ।  जब सबिराको परिवारले दिनेशसँगको प्रेमबारे थाहा पायो, त्यसपछि दिनेशमाथि आक्रमणको प्रयास भयो । युवतीका परिवारले दिनेशलाई नियन्त्रणमा लिए। दिनेशलाई सबिराले बचाउने प्रयास गरिन् । युवकलाई बचाउन खोज्दा युवतीलाई उनका परिवारले निर्घात कुटपिट गरे । 

भिडियो हेर्नुस् :

 

Logo