मुख्यसचिव डा. सोमलाल सुवेदीको अतिरिक्त दरबन्दी खारेज

मुख्यसचिव डा. सोमलाल सुवेदीको अतिरिक्त दरबन्दी खारेज

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ५ साउन । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले पाँच सदस्यीय आयोग गठन गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । सरकारले जति सक्दो चाँडो कार्य सम्पादन गर्नका लागि आयोगलाई २१ दिनको समय दिएको छ । निर्वाचन सम्पन्न गर्नका निमित्त संवैधानिक व्यवस्थानुसार आयोग गठन गरिएको हो ।

आयोगका सदस्यमा माधव अधिकारी, डा. विश्वकल्याण पराजुली र गणेशराज कार्की तथा सदस्य सचिवमा योगेन्द्र शर्मा पौडेल रहनुभएको छ । बैठकले मुख्यसचिव डा. सोमलाल सुवेदीले दिएको राजीनामा स्वीकृत गर्नाका साथै अतिरिक्त दरबन्दीमा राखिएको उहाँको पदलाई खारेज गरेको छ ।

सरकारले राष्ट्रिय जनता पार्टीले राखेका मागको बारेमा समेत छलफल भइरहेको मन्त्री कार्कीले जानकारी दिनुभयो । रासस

Logo