भक्तपुर, ५ साउन ।

काभ्रे देउपुर मण्डन–५ घरभई लामो समयदेखि भक्तपुरलाई कर्मथलो बनाउँदै आउनुभएका पत्रकार गुरुप्रसाद ढकालको उपचारका क्रममा निधन भएको छ । "/>

पत्रकार गुरुप्रसाद ढकालको उपचारका क्रममा निधन

पत्रकार गुरुप्रसाद ढकालको उपचारका क्रममा निधन

केन्द्रबिन्दु
0
Shares

भक्तपुर, ५ साउन ।

काभ्रे देउपुर मण्डन–५ घरभई लामो समयदेखि भक्तपुरलाई कर्मथलो बनाउँदै आउनुभएका पत्रकार गुरुप्रसाद ढकालको उपचारका क्रममा निधन भएको छ । आमा, एक श्रीमती र एक छोरा रहेका ढकालको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । 

निजामती अस्पताल (सिभिल अस्पताल) मीनभवनमा कमलपित्त, अल्सर, हेपाटाइटिस एवं कलेजोको उपचारकै क्रममा बुधबार साँझ उहाँको निधन भएको थियो । लामो समय पत्रकारिता गर्दै आउनुभएका ढकाल केही वर्षयता समदूरी साप्ताहिकको कार्यकारी सम्पादक रहेर कार्य गर्दै आउनुभएको थियो भने नेपाल पत्रकार महासङ्घ भक्तपुरका सदस्य, प्रेस चौतारी नेपाल भक्तपुरका सदस्य तथा अनेरास्ववियू पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएको थियो । 

पूर्वप्रधानमन्त्री एवं एमालेका नेता माधवकुमार नेपालले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जलि अर्पण गर्दै ढकालको निधनले अपूरणीय क्षति पुगेको बताउनुभयो । रासस 

Logo