पूर्वराजाको उपचारमा डा. यादव भट्टको टोली

पूर्वराजाको उपचारमा डा. यादव भट्टको टोली

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ४ साउन । पूर्वराजा ज्ञानेन्द्र शाह स्वास्थ्य उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको छ । 

नियमित चेकजाँचका क्रममा मुटुमा समस्या देखिएपछि उपचारका लागि पूर्वराजा शाह आज बिहान अस्पताल पुग्नुभएको उहाँका स्वकीय सचिव फणिराज पाठकले राससलाई बताउनुभयो । प्राडा यादव भट्ट नेतृत्वको चिकित्सक टोलीले पूर्वराजा शाहको उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार पूर्वराजाले केही दिन अस्पताल बस्नु पर्ने छ । उहाँको मुटुको अप्रेसन गरिएको छ । रासस 

तस्बिर – भुषण दहालको ट्वीटरवाट

Logo