११ वर्षे बालिकालाई गर्भवती बनाउने युवक पक्राउ

११ वर्षे बालिकालाई गर्भवती बनाउने युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

भोजपुर : अरुण गाउँपालिका–५, याकु, भोजपुरकी ११ वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा एक युवा पक्राउ परेका छन्। 

गर्भवती बालिकाले न्यायका लागि प्रहरीमा उजुरी दिएपछि २० वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई मङ्गलबार पक्राउ गरी प्रहरीको नियन्त्रणमा राखिएको प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो।

गत असार पहिलो साता गर्भवती भएको थाहा भएपछि समाज भेला गरेर जिम्मा लगाएको भएपनि केटा पक्षले धरानमा काकाको घर लाने भनी लगेको र केटा बेपत्ता भएको बालिकाको परिवारले बताएको छ।
“महिला विकास अधिकृत पुष्पलता उप्रेतीका अनुसार गर्भवती बालिकाको स्वास्थ्य एकदमै जटिल भएको र बालिकाले पढ्ने इच्छा राखेको हुँदा कुन संस्थामा राख्ने भन्ने निर्णय हुन सकेको छैन।” यता प्रहरी नायब उपरीक्षक आचार्यका अनुसार युवकलाई नियन्त्रणमा लिइसकेकाले कानुनी कारबाही हुनेछ। रासस 

Logo