हेटौँडा : त्रिभुवन राजपथको खानेगाउँनजिक आज भएको बस दुर्घटनामा परी दुई जना महिलाको घटनास्थलमै मृत्यु भएको छ । "/>

हेटौंडामा बस दुर्घटना हुँदा २ महिलाको मृत्यु

हेटौंडामा बस दुर्घटना हुँदा २ महिलाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

 

हेटौँडा : त्रिभुवन राजपथको खानेगाउँनजिक आज भएको बस दुर्घटनामा परी दुई जना महिलाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्युहुनेमा मकवानपुर कैलाश गाउँपालिका–६ का ३५ वर्षीया कमला दोङ र सो गाउँपालिका–२ का ३० वर्षीय कुल्साङ तामाङ रहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । मृतक दुबै महिला त्यो बसमा सवार थिए । 

मकवापुरको गोगनेबाट काठमाडौँतर्फ गइरहेको ना४ख ४५६७ नं को यात्रुवाहक बस त्रिभुवन राजपथको खानेगाउँनजिक अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुघर्टनमा परी घाइते ३९ जना यात्रुलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । रासस 

Logo