मकवानपुरमा बस दुर्घटना: २ को मृत्यु, ३५ घाइते

मकवानपुरमा बस दुर्घटना: २ को मृत्यु, ३५ घाइते

केन्द्रबिन्दु
0
Shares

पालुङ्  । दुर्घटनामा दुईको मृत्युदुर्घटनामा दुईको मृत्यु हेटौंडा÷मकवानपुरको थाहा नगर–१, खानीगाउ“मा पकनीबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हु“दा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३५ जना घाइते भएका छन् । मंगलबार दिउ“सो करिब ३ बजे बस दुर्घटना भएको हो ।

कैलाश गाउ“पालिकाको पकनीबाट काठमाडौंतर्फ जा“दै गरेको ना. ४ ख ४५६७ नम्बर यात्रुबाहक बस सडकबाट करिब १ सय  मिटर तल खसेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । दुर्घटनामा परेकामध्ये ९ जना गम्भीर घाइते भएको र केही घाइतेको उपचार पालुङ स्वास्थ्य चौकीमा भइरहेको छ । बा“कीलाई काठमाण्डौं लगिएको छ ।

Logo