सिमेन्ट ब्रम्हलुट: एक बोरा सिमेन्टमा ८ किलो कम, यी हुन् कम तौलका सिमेन्टहरु

सिमेन्ट ब्रम्हलुट: एक बोरा सिमेन्टमा ८ किलो कम, यी हुन् कम तौलका सिमेन्टहरु

केन्द्रबिन्दु
0
Shares

३ साउन काठमाडौँ । तपाई घर बनाउन अथवा कुनै भौतिक संरचना निर्माणका लागि सिमेन्ट किन्ने सोचमा हुनुहुन्छ ? त्यसो भए अब तपाइँले विचार गर्नुपर्ने भएको छ । 

आज अनुगमन टोलीले एक बोरा सिमेन्टमा ८ किलोसम्म कम तौल भएको फेला पारेको छ । त्यो पनि कुनै दुर्गम गाउँमा होइन राजधानीमै । काठमाडौँको ढुंगेधारामा रहेको सस्कार ट्रेडिङ पसल यस्तो भेटिएको हो । टोलीले एक सय ७ बोरा विभिन्न ब्रान्डका सिमेन्ट सहित पसलका शीलबन्दी गरेको छ । 

अम्बुजा सिमेन्ट उद्यौग भैरहवा महालक्ष्मी ब्रान्ड, शिवम सिमेन्ट हेटौंडा शिवम ब्रान्ड, अरनिको सिमेन्ट उद्योग गजराज ब्रान्ड र सर्वोत्तम सिमेन्ट प्रालिको सर्वोत्तम ब्रान्डका बोरामा प्रतिबोरा चार किलो देखि ८ किलोसम्म कम फेला पारेको हो ।

Logo