नरबहादुर भण्डारीकाे अन्त्येष्टी बुधबार हुने, मोदीले व्यक्त गरे शोक

नरबहादुर भण्डारीकाे अन्त्येष्टी बुधबार हुने, मोदीले व्यक्त गरे शोक

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किममा पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको निधनले अपूरणीय क्षती पुर‍‍्‍‍याएको बताएका छन् । भण्डारीको आइतबार ७७ वर्षको उमेरमा दिल्लीमा उपचाकार क्रममा निधन भएको थियो ।

भण्डारीको परिवारमा उनकी श्रीमती तथा पूर्व सांसद् दिलकुमारी भण्डारी, २ छोरी र १ छोरा छन् । उनी सिक्किम संग्राम परिषद् पार्टीका संस्थापक अध्यक्ष थिए । भण्डारीको निधनपछि सिक्मिमका मुख्य मन्त्री पवनकुमार चाम्लिङले १ सातासम्म सिक्किममा शोक मनाउने निर्णय गरेका छन् ।

सिक्किममा राष्ट्रिय ध्वजा आधा झुकाइनेछ । उनको अन्त्येष्टी बुधबार राजकिय सम्मानका साथ गरिने चाम्लिङले बताए । ‘उहाँ एक सफल राजनेता, सफल मुख्यमन्त्री, सफल सांसद् र सफल विपक्षी दलका नेताका रुपमा संझनामा रहनुहुनेछ,’ मुख्यमन्त्री चाम्लिङले भनेका छन् ।

सन् १९७९ देखि १९९४ सम्म दुई कार्यकाल भण्डारी सिक्किमको मुख्यमन्त्री रहे । उनी भारतको कुनै पनि राज्यमा मुख्यमन्त्री बन्ने गोर्खा समुदायका पहिलो व्यक्ति हुन् ।
१९४० मा पश्चिम सोरेङ नजिकको माल्बासे गाउँमा जन्मिएका भण्डारीले तरुण संघमा आबद्ध हुँदै १९६७ बाट राजनीति सुरु गरेका थिए ।

तर उनी त्यसको छोटो समयमै सिक्किम फर्किए । त्यसपछि उनी शिक्षककका रुपमा बसे । उनी सिक्किमलाई भारतमा गाभ्न हुँदैन भन्ने पक्षमा थिए । तर १९७५ मा सिक्किम भारतमा विलय भयो । त्यसपछि नरबहादुरले सिक्किम जनता परिषद् नामको पार्टी खोले ।

दुई वर्षपछि उनको पार्टीले चुनावमा १६ सिट जित्यो । उनी मुख्यमन्त्री बने । त्यसपछि सन् १९८४ मा उनले पार्टी विघटन गर्दै सिक्किम संग्राम परिषद् खोले । यसपटक पनि उनको पार्टीले चुनावमा सबै सिट जित्यो । १९८९ मा पनि यस्तै सफलता दोहोरियो ।

१९९४ पछि भने उनी विपक्षीका रुपमा रहँदै आएका छन् । पछिल्लो समय भण्डारी राजनीतिबाट टाढा थिए ।

Logo