५ किलो चरेशसहित पक्राउ

५ किलो चरेशसहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । १ साउन, काठमाडौं ।

प्रहरीले थाईल्याण्ड लैजान लागेको अवैध लागू औषध ५ किलो चरेशसहित २ जना नेपाली नागरिक पक्राउ गरेको छ ।

५ किलो चरेशसहित धादिङ दार्खाका ३६ वर्षीय रविनकुमार गुरुङ र सोही गाउँका ३० वर्षीय कुमारसिंह तामाङलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको लागू औंषध व्यूरोले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लागू औषध कारोबारमा संलग्न २ जना मध्ये पहिला कुमारलाई शुक्रबार विहान नौं बजेतिर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा थाईल्याण्ड जाँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा ५ किलो चरेश सहित पक्राउ गरिएको जानकारी दिएको छ । पक्राउ परेका कुमारले दिएको बयानको आधारमा सोही दिन मुख्य अभियुक्त रविनलाई पनि पक्राउ गरि नियन्त्रणमा लिइएको व्यूरो प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक धिरु बस्नेतले जानकारी दिनु भयो । रविन मुख्य अभियुक्त भएको पाइएको र उनकै निर्देशनमा कुमारले सुटकेशमा राखेर थाइल्याण्ड लैजान लागेको अवस्थामा विमानस्थलमा चरेशसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्त कुमारको साथबाट युएस डलर ८ सय, निजको नाममा रहेको राहदानी १ थान र हवाई टिकटसमेत बरामद गरेको छ ।

प्रहरीले अभियुक्तहरु यस अघि पनि लागू औषध कारोबारमा संलग्न रहेको पाइएको आशंका गर्दै थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ । अभियुक्तहरुले इन्डोनेशियामा पनि लागू औषध कारोवार गर्ने गरेको बुझिएको वरिष्ठ प्रहरी उपरीक्षक बस्नेतले बताउनु भयो । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

Logo