जहाँ कुरुप देखिन मेकअप गरिन्छ

जहाँ कुरुप देखिन मेकअप गरिन्छ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । १ साउन, काठमाडौं ।

ट्राइब्स समुदाय विश्वकै यस्ता अनौठा समुदाय हो, जसको जीवनशैली, खानपान, पहिरन, शृंगार अजब–गजबको हुने गर्छ । यी जाति जंगलमा बस्छन् । पुरातन ढर्रामा शिकार गर्छन् । जीविका चलाउँछन् । यिनीहरुको पहिरन, खानपान शैलीमा कहिपनि आधुनिकता मिसिएको छनक पाइदैन ।

अनौठो जीवनशैली, संस्कार, वेशभूषाका कारण यिनीहरुको चर्चा गरिन्छ । यि जातिको महिलाहरुको श्रृंगार पनि चर्चा गर्न लायकको हुन्छ । साथै, सौन्दर्य प्रसाधन पनि । एक फोटोग्राफरले हालै मात्र ट्राइब्स जातिका महिलाहरुको तस्बिर कैद गरेका छन् ।

यी महिलाहरु अक्सर यस्तो प्रसाधन प्रयोग गर्छन्, जसले आफुलाई कुरुप देखियोस् । किन ? उनीहरुलाई लाग्छ, ‘खराब नजर लाग्नबाट बच्नका लागि ।’ अर्थात आफुमाथि कसैले नराम्रो दृष्टि नराखोस् भन्नकाका खातिर उनीहरु अनौठो सौन्दर्य प्रसाधन प्रयोग गर्छन् । यसबाट के पनि बुझिन्छ भने, यो समुदायमा समेत महिला हिंसा व्याप्त छ । त्यसो नहुदो हो त, उनीहरु सुरक्षा–कवचको रुपमा आफुलाई कुरुप बनाउदैन थिए होलान् ।

 

Logo