सर्वेन्द्र खनालले सवैलाई पछि छोडे

सर्वेन्द्र खनालले सवैलाई पछि छोडे

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । ३१ असार,काठमाडौं ।

नेपाल प्रहरीका १५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले एसएसपी सर्वेन्द्र खनाललाई एक नम्मरमा राखेर बढुवा सिफारिस गरेको छ ।

त्यसैगरी बरियतामा एक नम्मर भनिएका रमेशप्रसाद खरेल दोस्रो नम्मरमा परेका छन् भने पुष्कर कार्की र उत्तम कार्की क्रमश – तेस्रो र चौथोमा छन् । त्यसैगरी भोगबहादुर थापा, पुष्कलराज रेग्मी, पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठूले राई, शरद चन्द, धीरु बस्नेत, पुष्पचन्द्र रञ्जीत र सुरेशविक्रम शाहलाई बढुवाका लागि सिफारिस गरिएको छ । 

यसअघि एघारजना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरिएको समाचार सार्वजनिक भइसकेको छ ।
गृह मन्त्रालयको शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा सिफारिस गरेको हो ।

२५ एसएसपीमा सिफारिस
गृहको बढुवा सिफारिस समितिले २५ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ । १ नम्बरमा जिल्ला प्रहरी कार्यालय झापाका शैलेश थापा क्षेत्री परेका छन् । बढुवा सिफारिसमा परेकामा नीरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिबहादुर पाल, वीरेन्द्र श्रेष्ठ, लोकेन्द्रबहादुर मल्ल, घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, विश्वराज पोखरेल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, सञ्जयराज शर्मा छन् । यसैगरी, ईश्वरबाबु कार्की, दिलीपकुमार चौधरी, राजेशकुमारलाल कर्ण, देवबहादुर बोहरा, धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, दिवेश लोहनी, सौरभ राणा, रामकृपाल शाह, उमेश रञ्जितकार र रवीन्द्रकुमार धानुक एसएसपी बढुवा सिफारिसमा परेका छन् ।

 

Logo