यी अमेरिकी युवती जसले बिरालाका बच्चालाई सन्तान झै हुर्काउँछिन्

यी अमेरिकी युवती जसले बिरालाका बच्चालाई सन्तान झै हुर्काउँछिन्

केन्द्रबिन्दु
0
Shares

एजेन्सी : वासिङटन डिसीकी ३० वर्षीय हेनान सा अनेक सपना बुनेर विश्वविद्यालय पुगेकी थिइन् । तर पढाई पूरा भएपछि उनले फरक काममा चासो दिइन् ।

विश्वविद्यालय छाडेपछि हेनान शाले आफ्नो जीवन बिरालाका बच्चाहरुलाई स्याहार गर्नका लागि समर्पित गरिन् । २८ वर्षिय शा आजकल आफूलाई बिरालाका नयाँ बच्चा स्याहार गर्ने योद्धाका रुपमा लिन्छिन् ।

पछिल्ला ८ वर्षमा उनले यसरी सयौँ बिरालाका बच्चाहरुलाई जोगाएकी छिन् ।
१२ वर्षको उमेरबाटै उनको मोह जनावरप्रति थियो । उनले त्यसपछि मासू खान छाड्ने निर्णय लिइन् । त्यसपछि उनी थुप्रै अभियानहरुमा सहभागि भएर जनावारलाई जोगाउन सक्रिय सरिहन् ।
रुखबाट खसेको एउटा सानो बिरालोको बच्चालाई बचाएपछि उनलाई बिरालोले आर्कषित गर्यो । त्यसपछि उनी पछिल्ला ८ वर्षदेखि बिरालाका बच्चाहरुलाई बचाउन र उनीहरुलाई हुर्काउन लागेकी छिन् । उनले त्यतिबेला बचाएको बिरालोको बच्चालाई आफैं पालिन् । बच्चा स्याहार्नका लागि उनले कोक्रोको अर्डर गरेकी थिइन् । कोक्रो ठूलो भयो । उनले बिस्तारै अन्य बच्चाहरु फेला पार्दै गइन् । उनलाई अरुले पनि बिरालाका बच्चाहरुका विषयमा सुचना दिन थाले ।

आफैं पनि त्यस्ता बच्चाहरु खोज्दै हिड्ँन थालिन् । सार्वजनिक विद्यालयमा काम गर्दा उनलाई यसरी बच्चाहरुलाई बचाउन मुस्किल हुने गरेको थियो । बिरालाका बच्चाहरुको प्रत्येक घण्टामा ख्याल गर्नुपर्ने भएका कारण सुरुआती दिनमा समय मिलाउन कठिन थियो । कहिलेकाँही बेवारिसे बच्चालाई पालेको अनुभव मानिसहरुलाई भएपनि ति बच्चाहरु आमाबाट छुट्नुपर्दा दुखित हुनसक्ने उनको अनुभव छ ।
त्यसैले उनी आमाले छाडेका बच्चाहरुलाई मात्रै यसरी स्याहार गर्न अरुलाई आग्रह गर्छिन् । उनी अहिले बिरालाका बच्चाहरुको संरक्षण अभियानमा छिन् ।

Logo