स्याउको व्यापार बढाउन चिनियाँ व्यापारीका अनौठा योजना

स्याउको व्यापार बढाउन चिनियाँ व्यापारीका अनौठा योजना

केन्द्रबिन्दु
0
Shares

चीनमा स्याउको प्रवर्द्धनका लागि बनेका विज्ञापनमा एयर होस्टेस वा सुन्दर महिलाको प्रयोग गर्ने गरिएको छ । सिचुआन साउथवेस्ट भोकेस्नल कलेज अफ सिभिल एभिएसनकास छात्राहरुले यसरी स्याउलाई चुम्बन गर्दै गरेको फोटो चिनियाँ बजारमा देखिन्छ ।

यस्तो मार्केटिंङ रणनीति विशेषगरी पूरुषहरुका लागि लक्षित गरेर तयार पारिएको हो । यसमा ‘एयर होस्टेसको चुम्बनलाई घर लैजानुस्’ भनेर पनि लेखिएको हुन्छ । केही बिक्रेताहरुले आफ्नो स्याउलाई ५ सयभन्दा बढी  एयर होस्टेसले किस गरेको दाबी गर्छन् । यस्ता स्याउको मूल्य ९ दशमलव ९ युआनदेखी १ सय २९ दशमलव ९ युआनसँग पर्ने गरेको छ ।

एक बिक्रेता मिन लिंग भन्छिन्, हामी सिचुआन साउथवेस्ट मोकेस्नल कलेज अफ सिभिल एभियसनका हौँ । यसरी चुम्बन गरेर बेचिएका स्याउको मूल्य कलेजमा विद्यार्थीहरुका नयाँ आविष्कार र अन्य सामाग्रीका लागि खर्च गरिन्छ । त्यस्तै केही हिस्सा वृद्धहरुका लागि घर बनाउन चन्दा स्वरुप दिइन्छ ।

यस्तो योजनाको आलोचना र विरोध पनि चौतर्फी भइरहेको छ । महिला अधिकारवादीहरु विरोधमा देखिएका छन् । 

Logo