ललितपुर महानगरले सार्वजनिक गर्‍यो ३ अर्बमाथिको बजेट, यस्ता छन् नगरविकासका योजना

ललितपुर महानगरले सार्वजनिक गर्‍यो ३ अर्बमाथिको बजेट, यस्ता छन् नगरविकासका योजना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५का लागि ३ अर्ब २२ करोड  ९१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरप्रमुख चिरीबाबु महर्जनले पहिलो नगरसभामा ३ अर्ब २२ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरे ।

जसमध्ये ललिपुर महानगरपालिकाको विकास बजेट झण्डै २ अर्ब ८० करोड रुपैयाँको छ । ४३ करोड १२ लाख रुपैयाँ बजेट चालु खर्चका लागि विनियोजन गरिएको छ ।

प्रमुख महर्जनले कुल बजेटमध्ये १ अर्ब २२ करोड आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने बताए ।

नेपाल सरकारको २८ करोडको सशर्त अनुदान र ५६ करोडको वित्तीय समानीकरण अनुदान र बहुवर्षीय सडक बिस्तारतर्फको १० करोड, विभिन्न कार्य तथा परियोजनाका लागि २६ करोड र वैदेशिक सहायता अनुदानतर्फ ७७ करोड गरी कुल ३ अर्ब २२ करोड रुपैयाँको बजेट ल्याइएको छ ।

महानगरपालिकालेसार्वजनिक सेवा प्रवाहमा सुधार गर्दै दीगोशहरी पूर्वाधार विकास र वैकल्पिक उर्जाको प्रवर्द्धनलाई प्राथमिकता दिँदै बजेट ल्याएको छ ।

सांस्कृतिक सम्पदाको पुनर्निर्माण, पर्यटनको माध्यमबाट आथिर्क विकास र बाल तथा वातावरणमैत्री स्थानीय शासन लागु गर्ने काम आफ्नो प्राथमिकतामा रहेको मर्हजनले बताए । उनले नगरलाइ पूर्ण सफा बनाउने घोषणा गरे ।

उनले अबको ५ वर्ष ललितपुर महानगर सुधार र विकासको वर्षहरु हुने भन्दै दूरगामी लक्ष्यहरु राखेर नै बजेट ल्याइएको बताए ।

महर्जनले वडा कार्यालयहरुलाई नै नागरिकको सेवाको प्रमुख केन्द्र बनाउन लागिएको भन्दै विकासका लागि वडाहरुलाई सशक्त बनाउने गरी बजेट ल्याएएको बताए ।

 

Logo