बस र ट्रक ठोक्किदा ३१ जना घाइते

बस र ट्रक ठोक्किदा ३१ जना घाइते

केन्द्रबिन्दु
0
Shares

३१ असार, धादिङ् । पृथ्वी राजमार्गमा यात्रु बस र ट्रक आपसमा ठोक्किदा ३१ जना घाइते भएका छन् ।

महोत्तरीबाट काठमाडाैँ आउँदै गरेको ना ५ ख ५०२ नम्बरको यात्रु बस र विपरिततर्फबाट जाँदै गरेको ना ६ ख १२४ नम्बरको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ९ खटौटी पुल नजिक जुधेर दुर्घटना भएको हो ।

दुर्घटनामा दुबै सवारीका चालकसहित ३१ जना घाइते भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते ३ जनालाई उपचारको लागि काठमाडाँै लगिएको छ भने अन्य घाइतेहरुको मलेखु सामुदायिक अस्पताल र गजुरीमा उपचार भइरहेको छ ।

Logo