राजधानीको सडकमा साबधान ! जताततै पोखरी, पैदलयात्रीदेखी कारसम्म डुबे (हेर्नुस भाइरल भिडियो)

राजधानीको सडकमा साबधान ! जताततै पोखरी, पैदलयात्रीदेखी कारसम्म डुबे (हेर्नुस भाइरल भिडियो)

केन्द्रबिन्दु
0
Shares

३१ असार, काठमाडौँ । सडकमा पानीको भेल बगिरहेको हुन्छ । त्यहि भेलमा टेक्दै एक छात्रा सडक पार गरिरहेको हुन्छ । उनले नजिकैको पोल समाएर चौथो पाइला टेक्दै गर्दा चुर्लुम्म डुब्छ । त्यसपछि ति बिद्यार्थी छट्पटाउदै पौडी खेलेर छेउमा पुग्छ र अरु बटुवाहरुले बचाउछ । यो घटना कुनै दुर्गम गाउँको नभएर देशको राजधानी काठमाडौँमा घटेको हो ।  

शुक्रबार दिउसो परेको अविरल बर्षाले राजधानीका अधिकाश सडक जलमग्न भएको थियो । पानीको भेलले सडकको खाल्डो नदेखिएपछि यो घटना भएको हो । 
तर यो नै पहिलो घटना भने होइन । शुक्रबार नै ग्रिनल्याण्डमा एउटा स्कुटर चालकसहित खाल्डोमा खसेको थियो । बल्लतल्ल ट्राफिक प्रहरीको सहयोगको चालक र स्कुटरलाई बाहिर निकालियो ।

जहाँ ट्रक नै फस्यो

शुक्रबारको जस्तै घटना केही दिन अघि पनि भएको थियो । गौशाला सडकमा बा २ क ४४२० नम्बरको मालबाहक ट्रक यसरी नै फसेको थियो । ट्रकको पछाडिको चक्का मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने क्रममा खनेको खाल्डोमा ३/४ फिटसम्म गाडियो र ट्रकको अघिल्तिरको भाग उचालियो । सडकमै ट्रक उतानो परेपछि ट्राफिक प्रहरीलाई ट्राफिक ब्यबस्थापन मिलाउन समेत हम्मेहम्मे पर्यो । ट्रक यसरी फस्यो कि निकाल्न प्रयोग गरिएको क्रेन समेत थाक्यो । बल्लतल्ल भोलिपल्ट मात्र ट्रक निकालियो ।

कार खस्दा चालक घाइते

यस्तै घटना कोटेश्वरमा पनि घटेको थियो । कोटेश्वरको सडकको खाल्डोमा निजी कार खस्दा चालक शिव घले घाईते भएका थिए । त्यस्तै गरी गत बुधबार गल्कोपाखामा बा १० च ४२९४ नम्बरको कार खाल्डोमा खस्यो ।

यो साता हरेक दिन जसो एउटा न एउटा यस्तो घटनाको समाचार सार्वजनिक भयो । यसैबाट अनुमान गर्न सकिन्छ कि सार्वजनिक नभएका घटना त अझ धेरै होलान । कतिपय ठाउँमा सडक बिभागको लापरबाही त् कतिपय ठाउँमा मेलम्ची खानेपानी आयोजनाको लापरबाहीले दिनैपिच्छे यस्ता दुर्घटनाहरु भैरहेका छन् ।

सडक बिस्तार तथा मर्मत गर्दा खाल्डाखुल्डीमा ध्यान दिनु र काठमाडौं उपत्यकाका पानीको पाईप लाईन बिच्छ्याउन खनेको सडक राम्रोसँग नपुर्दा यस्तो दुर्घटना हुने गरेको छ । अझ कतिपय ठाउँमा त् सडक र मंगालहरु मर्मतका लागि खाल्डो खन्ने तर सतर्कता नप्नाउने गर्नाले गाईबस्तु, मानिसदेखि सवारीसाधन समेत खाल्डोमा खस्ने गरेको छ ।

Logo