साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन

साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन

केन्द्रबिन्दु
0
Shares

हेटौंडा : जिल्लामा बसोबास गरी मतदाता नामावालीमा नाम छुट भएकाहरुको लागि साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयबाट नयाँ मतदाता नामावली संकलन गर्ने पाउनेछन् । यसअघि दलहरु स्थानीय तहबाटै मतदाता नामावली संकलनको माग गरेपनि समयावधि, स्रोत-साधन लगायतका कारण देखाउँदै निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयबाटै नामावली संकलन गर्न लागेको हो । मतदाता स‌ंकलन कार्य प्रत्येक जिल्लाका सदरमुकाममा रहेका जिल्ला निर्वाचन कार्यालयमा साउन १५ गतेसम्म सञ्चालन हुनेछ । 

साउन १६ देखि २० गतेसम्म तस्बिरसहित नाम, अद्यावधि गरिनाका साथै नामावलीको संशोधन पनि गरिने जिल्ला निर्वाचन  कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले राससलाई बताए। उनका अनुसार सम्बन्धित वडामा बसोबास गर्ने व्यक्तिको नागरिकता, विवाहिता महिलाका हकमा विवाह दर्ता एवं अन्य जिल्लाबाट बसाइँ सरी आएका व्यक्तिका परिवारले बसाइँसराइ दर्ताको प्रमाण ल्याएमा नयाँ मतदाता नामावलीमा नाम समावेश हुनेछ । 

 

Logo