काठमाडौं – संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन्  । "/>

मन्त्रिपरिषद् बिस्तारको तयारीमा प्रधानमन्त्री देउवा

मन्त्रिपरिषद् बिस्तारको तयारीमा प्रधानमन्त्री देउवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं – संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन्  । प्रधानमन्त्री देउवाले आगामी सोमबारसम्म  मन्त्रिपरिषद् विस्तार गर्नेगरी गृहकार्य थालेको देउवानिकट स्रोतले जनाएको छ । स्रोतका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल बैंककबाट फर्केलगत्तै मन्त्रिपरिषद् विस्तारबारे कुराकानी गर्ने भएका छन् । दाहाल शनिबार काठमाडौं फर्कने कार्यक्रम छ। 

आजको नागरिक दैनिकमा समाचार छ । 
मन्त्रालयको बाँडफाँट गर्न दुवै पार्टीबाट दुईदुईजना रहेको टोली गठन भएको छ । टोलीमा कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक तथा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र वर्षमान पुन छन्।

स्रोतका अनुसार कांग्रेसले ११ र माओवादीले नौ मन्त्रालय लिने सहमति भएको छ । मन्त्रिपरिषद् विस्तार गर्दासम्म यसमा फेरबदल हुन सक्ने देउवा निकट स्रोतको भनाइ छ । कांग्रेसले १२ वटा मन्त्रालयको दाबी गरेको छ । यसैगरी माओवादी केन्द्रले भौतिक पूर्वाधार मन्त्रालय मागेको छ । भौतिकमा कांग्रेसको पनि दाबी रहेको स्रोतको भनाइ छ ।

अबको विस्तारमा राप्रपालाई सहभागी गराउने कि नगराउने भन्ने अझै टुगो नलागेको स्रोतको दाबी छ । माओवादी अध्यक्ष दाहाल फर्केपछि यसबारेमा टुंगो लाग्ने कांग्रेस नेता बताउँछन् । राप्रपाका नेता सरकारमा जान तयार छन् । राप्रपा नेता दिलनाथ गिरीले सत्तासीन पार्टीले आवश्यकता महसुस गरे पार्टी सरकारमा जान तयार रहेको बताए । ‘तर जानेनजाने टुंगो अझै लागेको छैन’, उनले भने। 

Logo