काठमाडाैंमा दुषित पानी वितरण, स्वास्थ्यमा असर गर्ने व्याक्टेरिया ७० प्रतिशतभन्दा बढी

काठमाडाैंमा दुषित पानी वितरण, स्वास्थ्यमा असर गर्ने व्याक्टेरिया ७० प्रतिशतभन्दा बढी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : पानीबाट फैलने रोग ८० प्रतिशत हुन्छ भन्ने विषयमा सरकार अनभिज्ञ छैन । तर पनि उपत्यकामा खानेपानी विक्रेताले गर्दै आएको लापरबाहीलाई रोक्न सरकारले खासै ठोस कदम चालेको छैन । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

सरकारकै कमजोरीको फाइदा उठाउँदै व्यापारीले उपभोक्ताको स्वास्थ्यमा गरेको खेलबाडका कारण बर्षेनि हजारौंको संख्यामा मानिस झाडापखाला, आउँ, टाइफाइड, जन्डिस, निमोनियाजस्ता थुप्रै रोगको शिकार बन्दैछन् ।

हाल काठमाडौंमा वितरण भइरहेको पानीमा स्वास्थ्यमा प्रतिकुल असर पार्ने ब्याक्टेरिया ७० प्रतिशतभन्दा बढी फेला परेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ ।

Logo