अन्नपूर्ण पोस्टमा छ । "/>

माओवादीलाई मधेसको आस

माओवादीलाई मधेसको आस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : माओवादी केन्द्रले प्रदेश २ को स्थानीय निर्वाचनका लागि केन्द्रीय तहबाटै ‘अभियानात्मक तयारी’ गर्ने भएको छ । २ साउनदेखि सुरु हुने केन्द्रीय सचिवालयको विस्तारित बैठकलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताले मधेसमै झरेर निर्वाचन तयारी गर्न लाग्नुभएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

मधेसमा कांग्रेस-एमालेभन्दा ठूलो शक्ति बन्न माओवादीले विशेष कार्ययोजना अगाडि बढाउने जनाएको छ । विशिष्टीकृत योजना नबनाउँदा पार्टी यसअगाडिका निर्वाचनमा पराजित भएकाले यसपटक सबै शीर्ष नेता मधेसमै परिचालित हुनेगरी योजना बनाउन लागेको प्रदेश नम्बर २ का इन्चार्ज मात्रिका यादवले बताउनुभयो ।

अब शीर्ष नेता पनि मधेसको निर्वाचनमा पूरै खटिनुहुन्छ,’ यादवले भन्नुभयो, ‘जित्ने सम्भावना भएका स्थानीय तह पहिचान गरी अध्यक्षदेखि सबै शीर्ष नेतालाई फिल्डमै उतार्दै छौं ।’

हेडक्वार्टरकै केही नेता भने मधेसमा खटिइसकेका छन् । पर्सामा उर्मिला अर्याल, रौतहट-बारामा प्रभु साह, महोत्तरी र सर्लाहीमा गिरिराजमणि पोखरेल, धनुषामा मात्रिका यादव तथा सिरहा र सप्तरीमा विश्वनाथ साह जिम्मेवारीसहित खटिनुभएको हो । मधेसका ८ जिल्लाका १२७ स्थानीय तहमा २ असोजमा निर्वाचन हुँदै छ । यसअघि निर्वाचन भएका ६ प्रदेशका ६१७ स्थानीय तहमध्ये माओवादीले ८४ वटा प्रमुख पद जितेको थियो ।

Logo