भूकम्पपीडित थप पीडामाः ‘कमिसन’ माग्छन् इन्जिनियर

भूकम्पपीडित थप पीडामाः ‘कमिसन’ माग्छन् इन्जिनियर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : पुननिर्माणका लागि खटिएका इन्जिनियरले भूकम्पपीडितसँग कमिसन असुल्ने गरेका छन् । उनीहरुले आफूले चिनेका कन्सल्टेन्सीमार्फत घरको नक्सा बनाइदिने भन्दै भूकम्पपीडितसँग कमिसन असुल्ने गरेको फेला परेको हो ।  आजको नागरिक दैनिकमा छ ।

‘घर निर्माण गर्दा नक्सा बनाउनुपर्छ भन्दै प्राविधिकले पैसा माग्ने गरेका छन्, त्यो पैसा दिएपछि मात्रै घर बनाउन सुरु गर्नुपर्ने हो कि’, धुनिबेसी नगरपालिकामा केही समयअघि आयोजित एक छलफलमा स्थानीय बृन्दा कँडेल र ईश्वर केसीले गरेको प्रश्न हो यो ।

प्राविधिकले भने स्थानीयकै आग्रहमा मध्यस्तकर्ताको काम गरिएको बताएका छन् ।

सरकारले अनुदानमा घर बनाउनेका लागि १७ प्रकारका नक्सा सार्वजनिक गरेको छ । गाउँको जग्गाको बनोटअनुसार १७ प्रकारका नक्सामा घर नबन्ने अवस्था आएमा २५ प्रतिशतसम्म तोडमोड गरेर भए पनि भूकम्पपीडितलाई नक्सा निःशुल्क बनाइदिनु पर्ने प्रावधान छ । इन्जिनियरले भने १७ प्रकारका नक्सा डिजाइनमा नपर्ने भन्दै नयाँ नक्सा बनाउन भूकम्पपीडितलाई बाध्य पारिरहेका छन्। यसको अर्थ रकममा बार्गेनिङ हो।

Logo