सरकारमा आउने रहरै मरिसक्यो

सरकारमा आउने रहरै मरिसक्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : सरकारमा सहभागी हुन आफूलाई प्रस्ताव आएको खुलासा अध्यक्ष उपेन्द्र यादवले गरेसँगै संघीय समाजवादी फोरम बैठक एकाएक गर्मियो। उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय दिने सत्ता पक्षको प्रस्ताववारे यादवले के जवाफ दिए भन्ने जिज्ञासा त्यहाँ उठ्न नपाउँदै उनले सरकारमा जाने रहरै मरिसकेको बताए। यो खबर आजको कान्तिपुरमा वसन्त बस्नेतले लेखेका छन्।

‘कांग्रेस र माओवादी नेताहरूले यस्तो प्रस्ताव ल्याउनु भएको थियो तर हामी सरकारमा गएर के गर्ने?’ शुक्रबार सुरू भएको राजनीतिक समिति बैठकको सुरूमै यादवले भने,‘ केही होला कि भनेर प्रचण्ड र झलनाथ खनालको सरकारमा गइयो, केही गर्न खोज्दा खोज्दै समय सकिइहाल्यो। हिजो आज त के भो के भो सरकारमा जाने आशै मर्‍यो।’

Logo