३० वर्ष पुराना उपकरणको भरमा काठमाडौंका ठूला सरकारी अस्पताल

३० वर्ष पुराना उपकरणको भरमा काठमाडौंका ठूला सरकारी अस्पताल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : उपत्यकाका ठूला सरकारी अस्पतालमा स्वास्थ्य जाँच गर्ने उपकरण ३० वर्षभन्दा पुराना छन्। त्यस्ता उपकरणको आयु औसत दुईदेखि पाँच वर्षको हुन्छ। वीर, टिचिङ, सिभिललगायतका अस्पतालले वर्षौं पुराना उपकरण प्रयोग गरिरहेका छन्। ‘दुईदेखि पाँच वर्ष मात्रै औसत आयु हुने भए पनि सरकारी अस्पतालमा पुराना उपकरण प्रयोगमा छन्,’ सिभिल अस्पतालका निर्देशक आरपी चौधरीले भने। आजको नयाँ पत्रिकामा खबर छ। 

त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगन्जमा पनि पुराना उपकरण प्रयोगमा आइरहेका छन्। अस्पतालका मेन्टिनेन्स शाखाका इन्जिनियर अमितकुमार चौधरीले स्थापनादेखिका उपकरणबाटै बिरामीको स्वास्थ्य जाँच भइरहेको बताए। ‘पुराना मेसिनबाटै हामीले बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका छौँ,’ उनले भने। इन्जिनियर चौधरीले निश्चित आयुभन्दा बढी समय चलेका उपकरणको क्षमतामा कमी आउने भएकाले यस्ता मेसिनले बिरामीको स्वास्थ्य परीक्षण गर्दा गम्भीर समस्या उत्पन्न हुन सक्ने बताए।

सबैभन्दा पुराना उपकरण टिचिङ अस्पतालमा रहेका छन्। यस्ता उपकरणलाई सबै अस्पतालले विस्थापन गरी अत्याधुनिक उपकरण जडान गर्नुपर्ने चौधरीको भनाइ छ। टिचिङ अस्पतालमा २५ वर्षदेखि अटो क्लेभ मेसिन सञ्चालनमा रहेको छ। यसलाई वर्षौँवर्षसम्म सञ्चालनमा ल्याउनु उपयुक्त नभएको प्रा.डा. लोकविक्रम थापा बताउँछन्। ‘उपचारमा जाँदा प्रयोग हुने कपडालाई सफा बनाउन यो मेसिन प्रयोग गरिन्छ। तर, पुरानो मेसिनबाट उल्टै संक्रमण हुन सक्ने अवस्था छ। यसलाई हल्का रूपमा लिनुहुँदैन,’ उनले भने।

यी अस्पतालमा कति पुराना उपकरण 

वीर अस्पताल

उपकरण संख्या सञ्चालन वर्ष 
अल्ट्रासाउन्ड मेसिन
सिटीस्क्यान मेसिन
एमआरआई
एक्सरे
मेमोग्राम
न्युटियर मेडिसिन मेसिन
कोलोनस कोप
ग्यास्ट्रोस कोप
डुडेनस कोप
हेमोडायलाइसिस

 

टिचिङ अस्पताल

उपकरण संख्या सञ्चालन वर्ष
एमआरआई
सिटीस्क्यान मेसिन
आर फ्लोरो
सिटी एन्जिओग्राफी
एनेसथेसिया मेसिन ११
अटो क्लेभ मेसिन ३०
अक्सिजन प्लान्ट ११
अल्ट्रासाउन्ड मेसिन
ओटी लाइट १५
कोटेबल एक्सरे मेसिन २०

 

सिभिल अस्पताल

उपकरण संख्या सञ्चालन वर्ष
अल्ट्रासाउन्ड मेसिन ८/४
सिटीस्क्यान मेसिन
एमआरआई
डिजिटल एक्सरे
एक्सरे
मेमोग्राफी

‘लगानी उठाउन पुराना उपकरण’ 

अस्पतालमा प्रयोगमा ल्याइएका मेसिनको आयु प्रायः दुईदेखि पाँच वर्षसम्म हुन्छ। तर, लगानी उठाउनकै लागि वर्षौँसम्म सञ्चालनमा ल्याउनुपरेको चिकित्सकहरू बताउँछन्। ‘नेपालमा महँगा उपकरण ल्याएर दुईदेखि पाँच वर्षमा लगानी उठाउन सकिँदैन। त्यसैले आयुभन्दा चारदेखि पाँच गुना बढी समय सञ्चालन गर्नुपरेको हो,’ शिक्षण अस्पतालका इन्जिनियर चौधरीले भने, ‘लामो समयसम्म मेसिन चले पनि समय–समयमा मर्मतसम्भार गरिरहेका छौँ। तर, यसरी चलाउनु जोखिम निम्त्याउनु हो।’

Logo