लागू पदार्थ किनबेचमा इमोजीको प्रयोग

लागू पदार्थ किनबेचमा इमोजीको प्रयोग

केन्द्रबिन्दु
0
Shares

विभिन्न च्याटिङ एप र साईटले प्रयोगमा ल्याएको इमोजी पछिल्लो पटक युवापुस्तामा लागू पदार्थ किनबेचमा प्रयोग हुन थालेको छ ।

लेखाईवाट कतिपय भावना ब्यक्त गर्न नसकिने अवस्थामा इमोजी भरपर्दो माध्यमको रुपमा रहेको छ । च्याटिङमा रमाउनेहरुलाई इमोजी आफ्नो भावना ब्यक्त गर्ने सर्वाधिक लोकप्रिय माध्यम समेत बनेको छ । अहिले इमोजीमा रहेका विभिन्न प्रतिकहरुलाई प्रयोग गरेर पश्चिमी मुलुकका प्रयोगकर्ताहरुले लागू पदार्थ किनबेचमा प्रयोग गर्न थालेका छन् ।

यसरी इमोजी मार्फत् सर्वाधिक गुणस्तरका लागू पदार्थहरु आयात हुदैं बिक्रि भैरहेको जनाइएको छ । इमोजीमा रहेको माप्लीको पातको अर्थ लागू पदार्थ, लागू औषधमा सुई, पिल र डाइमण्ड, उडेको रकेटको अर्थ तगडा पदार्थ र चट्याङ र मुटुको अर्थ आनन्ददायी रहेको जस्ता संकेतमा इमोजी लागू पदार्थका प्रयोगकर्तामा लोकप्रिय रहेका छन् ।

बेलायतका बालबालिकामा तिब्र रुपमा बढिरहेको लागू पदार्थको सेवनको विषयमा बिबिसीले डकुमेन्ट्रि बनाउने क्रममा उनीहरुको ब्यापारीक संजालको बिषयमा छायांकन गर्ने क्रममा यो तथ्य आएको हो । उनीहरुले आफुले खरिद गर्ने ७५ प्रतिशत लागू पदार्थ र लागू औषध सामाजिक संजाल मार्फत् खरिद बिक्रि गर्ने गरेको बताए ।

डकुमेन्ट्रिमा लागू पदार्थको कारोवार गर्ने बालबालिकाहरुले बढी इन्ष्टाग्राम, स्न्यापचाट र यल्लोलाई प्रयोग गर्ने बताए । एक अनुमान अनुसार इन्ष्टाग्राममा ७० करोड प्रयोगकर्ताहरु रहेका छन् भने स्न्यापच्याटमा २५ करोड प्रयोगकर्ताहरु रहेका छन् ।

Logo