चुडामणि शर्मासहित तीनजना विरुद्ध आइतबार मुद्धा दायर गरिने

चुडामणि शर्मासहित तीनजना विरुद्ध आइतबार मुद्धा दायर गरिने

केन्द्रबिन्दु
0
Shares

३० असार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्ने भएको छ । शर्मासहित आयोगका सदस्यहरु लुम्बध्वज महत र उमेश ढकालले झण्डै ११ अर्ब रुपैयाँ राज्यलाई घाटा पुर्याएको अख्तियारको दाबी छ ।

यसैबीच शर्मालाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै सर्वोच्च अदालतमा परेको मुद्दा भने हेर्दा हेर्दैमा राखिएको छ । न्यायाधीशहरु चोलेन्द्र शमशेर राणा र प्रकाशमान सिंह राउतको इजलासमा परेको मुद्दामा आइबार पनि सुनुवाई हुनेछ । 

आफ्ना पतिलाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

Logo