सप्तरी हनुमाननगरबाट दुई महिनादेखि बेपत्ता बालिकाहरु अझै फर्किएनन्

सप्तरी हनुमाननगरबाट दुई महिनादेखि बेपत्ता बालिकाहरु अझै फर्किएनन्

केन्द्रबिन्दु
0
Shares

राजविराज, ३० असार । दुई महिनाअघि सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिकाबाट हराएका दुई बालिका अहिलेसम्म घर फर्किएका छैनन् । 

सोही नगरपालिका–१ स्थित भारदह निवासी दुःखी खड्गाकी १३ वर्षीया छोरी पारो खड्गा र सात वर्षीया छोरी सरोकुमारी खड्का घरमा सामान्य विवाद हुँदा आवेशमा आएर दुई महिनादेखि घरबाट निस्केका उनीहरू हालसम्म घर नफर्केपछि परिवारमा चिन्ता बढेको छ । 

स्थानीय बिपी मावि भारदहमा कक्षा ९ मा अध्ययन गर्दै आएकी पारो वार्षिक परीक्षामा अनुत्तीर्ण भएको भन्दै घरका सदस्यले कराएपछि सामान्य विवादका कारण दुबै दिदीबहिनीे घरबाट निस्केका थिए । रासस  

Logo