मुख्यसचिव क्षेत्रीद्वारा पदबहाली

मुख्यसचिव क्षेत्रीद्वारा पदबहाली

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २९ असार । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले आज पदबहाली गर्नुभएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उहाँले पदबहालीपछि सचिव तथा सरकारी अधिकारीलाई आफ्नो मन्त्रालयको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो । 

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्यसचिवमा नियुक्त गरेको थियो । 

विसं २०१६ कात्तिक ८ गते काठमाडौँको लैनचौरमा जन्मिनुभएका क्षेत्रीले विसं २०४१ पुस १९ गते शाखा अधिकृत पदमा निजामति सेवामा प्रवेश गर्नुभएको थियो । उहाँको मुख्य सचिवको अवधि कात्तिक ८ गतेसम्म रहनेछ । रासस

Logo