३१ वर्षे युवाको ९० वर्षकी बृद्धासँग डेटिङ

३१ वर्षे युवाको ९० वर्षकी बृद्धासँग डेटिङ

केन्द्रबिन्दु
0
Shares

अक्सर केटाहरू आफूभन्दा कम उमेरकी केटीसँग डेटिङ तथा रोमान्स गर्न चाहन्छन् । तर, अमेरिकी राज्य जर्जियाका एक युवाको कथा भने अचम्मलाग्दो छ ।

कल सेन्टरमा काम गर्ने यी ३१ वर्षे तन्नेरी एकदमै प्रौढ उमेरकी महिलासँग प्रेम गर्छन्, डेटिङ गर्छन् । उनको नाम हो, केली जोन्स ।

आफ्नी हजुरआमाभन्दा पनि वृद्धा महिलासँग यिनले प्रेमिल सम्बन्ध बनाएका छन्, जसको उमेर ९० वर्षको छ । आफूभन्दा ६० वर्ष पाको गर्लफ्रेन्डसँग उनले सक्रिय यौन–जीवन व्यतीत गरिरहेका छन् ।

बितेका पाँच वर्षदेखि उनीहरू रिलेसनसिपमा छन् । केलीकी गर्लफ्रेन्डसँग ६० वर्षको उमेर अन्तर छ । उनीहरू डेटिङ गर्छन्, चुम्बन साट्छन्, आपसमा हात समातेर हिँड्छन् । यसरी बृद्धा गर्लफ्रेन्डसँग इन्जोए गरेर उनी सन्तुष्ट र खुसी भएको बताउँछन् ।

उनले पहिलोपटक ५० वर्षीय महिलासँग यौन सम्पर्क गरेका थिए, जतिबेला उनको उमेर १८ वर्षको थियो । उनले ६० देखि ८० वर्षबीचका महिलासँग सम्बन्ध स्थापित गर्न रुचाउने बताएका छन् । उनले आफ्ना गर्लफ्रेन्डहरूलाई आमासँग पनि भेट गराउने गरेका छन् । (एजेन्सी)

Logo