फरार डाँका मुद्दाका आरोपी १३ वर्षपछि पक्राउ

फरार डाँका मुद्दाका आरोपी १३ वर्षपछि पक्राउ

केन्द्रबिन्दु
0
Shares

मेलम्ची, २९ असार । सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले डाँका मुद्दाका फरार आरोपीलाई पक्राउ गरी आज जिल्ला अदालतमा पेश गरेको छ । 

विसं २०६१ असार ३० गते सिन्धुपाल्चोक जिल्ला अदालतले साँगाचोकगडी नगरपालिका–७ बस्ने ३४ वर्षको राम श्रेष्ठलाई डाँका मुद्दामा पाँच वर्ष आठ महिना सात दिन जेल र १८ हजार १७२ रुपैयाँ ५० पैसा जरिवाना तिर्ने फैसला सुनाएको थियो । 

फैसला भएपनि फरार आरोपी श्रेष्ठ हालसम्म फरार रहेकामा प्रहरीको विशेष टोलीले बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र केसीले जानकारी दिनुभयो । रासस 

Logo