नयाँ गाडी खरिद प्रकरणबारे अभद्र स्टाटस लेख्ने पत्रकार समातिए

नयाँ गाडी खरिद प्रकरणबारे अभद्र स्टाटस लेख्ने पत्रकार समातिए

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २९ असार ।

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि नयाँ गाडी खरिद गर्न राष्ट्रपति कार्यालयले १६ करोड रुपैयाँ माग गरेको सन्दर्भ राष्ट्रिय चर्चाको विषय बनेको बेला यही विषयलाई लिएर फेसबुकमा जथाभावी लेखेको आरोपमा एकजना पत्रकार पक्राउ परेका छन् ।

पत्रकार सोनुकुमार सुनारलाई कपिलवस्तुको तौलिहवामा गिरफ्तार गरिएको हो । प्युठान घर भए पनि उनी त्यहाँको स्थानीय एफएम रेडियो हुदामा कार्यरत छन् । प्रहरीले उनलाई रेडियो स्टेसनबाट बाहिर रहेको बेला पक्राउ गरेको हो ।

नयाँ गाडी खरिद प्रकरणको चर्चा चुलिएका बेला राष्ट्रपति भण्डारीलाई लक्षित गरी अत्यन्तै आपत्तिजनक शब्दहरू राखेर सोनुले आफ्नो फेसबुक वालमा स्टाटस पोस्ट गरेका थिए । यही आरोपमा उनी बिहीबार पक्राउ परेका हुन् । उनीविरुद्ध साइबर अपराध गरेको मुद्दा चलाइने भएको प्रहरीले जनाएको छ ।

Logo