जहाँ यसपटक भानुजयन्ती मनाउन दिइएन

जहाँ यसपटक भानुजयन्ती मनाउन दिइएन

केन्द्रबिन्दु
0
Shares

एजेन्सी 

गोर्खाल्यान्ड माग गर्दै आन्दोलनमा उत्रिएका भारतको दार्जिलिङस्थित नेपालभाषिहरुले धुमधामका साथ यसपटक भानुजयन्ती मनाउन पाएनन् । यसअघि विगतका वर्षहरुमा दार्जिलिङमा नेपाली भाषाका आदिकविको सम्मानमा थुप्रै कार्यक्रम, शोभा यात्रा तथा कविता प्रतियोगिताहरु आयोजना हुने गरेका थिए ।

तर यसपटक सुरक्षाको कारण देखाउँदै पश्चिम बंगाल सरकारले नेपालीहरुलाई शोभा यात्रा निकाल्ने अनुमति दिएन । पश्चिम बंगालमा तृणमूल कांग्रेस नेतृत्वमा छ । ममता बनर्जी मुख्यमन्त्री छिन् ।

तृणमूल कांग्रेसले सिलिगुढीमा आयोजना गरेको कार्यक्रमका लागि भने बनर्जी नेतृत्वको सरकारले सुरक्षा व्यवस्थाको प्रबन्ध गरेको थियो । तर सिलिगुढीको पानीघट्टमा रहेको भानु शालिकमा माल्यार्पण गर्न आएका पर्यटन मन्त्री गौतम देवलाई आन्दोलनरत नेपालीभाषीले शालिकसम्म पुग्न दिएनन् ।

दार्जिलिङमा आन्दोलनरत विभिन्न दलका नेताहरु तृणमूल कांग्रेसले आयोजना गरेको भानुजयन्ती कार्यक्रममा विरोध प्रदर्शन गर्न गएका थिए । नेपालीभाषीका नागरिक आबद्ध संघ–संस्थाहरुलाई शोभा यात्रा निकाल्न नदिएको प्रशासनले तृणमूल कांग्रेसलाई भने शोभायात्रा निकाल्ने अनुमति दिएको छ । तृणमूल कांग्रेसले १२ बजेबाट सिलगढीका विभिन्न स्थानमा शोभायात्रा निकालेको छ ।

Logo