नालीमा डुबेर दुई बालकको मृत्यु

नालीमा डुबेर दुई बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गुलरिया (बर्दिया), २९ असार ।

बुधबार साँझ बर्दियाको वढैयाताल गाउँपालिका–३ जोडीपीपल बस्ने कालु सिंह महराको १२ वर्षीय छोरा राजेश महरा र सोही ठाउँ बस्ने राम सिंह महराको १० वर्षीय छोरा पवन महराले सोही स्थानको चपलनाला तर्ने क्रममा पानीमा डुब्दा दुवैको मृत्यु भएको छ । 

उक्त घटना घटेको थाहा पाउँनासाथ मैनापोखरको इलाका प्रहरी कार्यालयको टोलीले घटनाका बारेमा अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जनाएको छ । खोलामा पानीको वेग बढेका कारण बच्चाहरु खोला तर्नेक्रममा मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ । रासस 

Logo